Reading in Nepali
नाकाबन्दीमा लभ्

“स्मृति। ए स्मृति।”
“होइन, यो केटी अझ सुतिरा'छे कि क्या हो?”
“साढे सात बजिसक्यो”
“उठ् भन्या सुनिनस्? होइन। तँलाई त्याँ आएर पानी खनाउनुपर्यो मैले?”
पानीको नाम सुन्ने बित्तिकै ऊ झण्डै एक हात माथि उफ्री। पछिल्लो चोटि उठ् भन्दा नटेर्दा आमाले साँचै पानीको गिलास खनाइदिनुभा'थ्यो। पूस महिनाको मुटु खाने जाडो, बिहान बिहान खाटैमा जल-स्नान गर्न उसलाई फिटिक्कै मन थे'न। ऊ कुदेर बाहिर निस्की र दुई तल्ला तलको ट्वाइलेट झरी। ट्वाइलेट बाहिर'नि लाइन रै'छ। कस्तो चैँ घर बनाएछन् हजुरबाउले, उसले सोची।
तिन तल्लाको घरमा दुइटा ट्वाइलेट, त्यो 'नि ते'तिखेर घरभित्र ट्वाइलेट बनाए फोहोर हुन्छ भनेर घर छेउको अलिकति खालि जग्गामा बना'को। दुइटा ट्वाइलेट- एउटा घरबेटि र अर्को ...